म्याग्दी ,आइतबार मंसिर ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
चार करोड बाँडफाँड
गाउँसभाले गत आर्थिक वर्ष २०७५÷७६ मा खर्च नभएर बाँकी भएको चार करोड रुपैयाँ बजेट बाँडफाड गरेको छ । असार १० गते भएको गाउँसभाले चौतीस करोड रुपैयाँको बजेट पारित गरेको थियो ।
डेढ करोड रुपैयाँ संघीय, प्रदेश सरकार र विभिन्न निकायले सञ्चालन गर्ने साझेदारीका योजना तथा कार्यक्रमका लागि समपुरक कोषका रुपमा बिनियोजन गरेको छ । वडा न. ४ मुदीलाई सडक सञ्जालमा जोड्न बीस लाख रुपैयाँ बिनियोजन भएको छ ।
सो योजनाको लागि संघीय सांसद भुपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत तीस लाख बिनियोजन भएको छ । अन्य योजनाहरुका लागि पनि दुई करोड योजना रुपैयाँ बिनियोजन भएको छ ।
गण्डकी प्रदेशको आर्थिक मामिला तथा आर्थिक मन्त्रालयले पठाएको एक करोड र जिल्ला समन्वय समितिले उपलब्ध गराएको साठी लाख रुपैयाँ पनि गाउँपालिकाको बजेटमा समावेश गरिएको छ ।
प्रदेशले पठाएको एक करोड रुपैयाँ मुना स्वास्थ्य चौकीको भवन र जिससको साझेदारीमा लुलाङमा वडा कार्यालय भवन बनाउने कार्यापालिकाको निर्णय गाउँसभाबाट अनुमोदन भएको प्रवत्ता छन्त्यालले बताउनुभयो ।
नौ वटा बिधेयक र दुई वटा नियमावली पारित
गाउँसभाबाट धवलागिरी गाउँपालिकाको दुई वटा नियमावली र नौ वटा बिधेयक पारित गरेको छ । धवलागिरी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली (२०७६) र बिधायन समिति सञ्चालन नियमावली (२०७६) पारित भएको छ ।
न्यायिक ऐन (२०७६), कृषि व्यवसाय प्रर्वद्धन बिधयक (२०७६), विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक (२०७६), पुर्वाधार व्यवस्थापन ऐन (२०७६), स्वास्थ्य बिधेयक (२०७६), स्थानीय कर्मचारी व्यवस्थापन ऐन (२०७६), शिक्षा ऐन (२०७६), सहकारी ऐन पहिलो संसोधन (२०७६) र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन (२०७६) पारित भएको हो ।
बिधायन समितिका संयोजक झकबहादुर छन्त्यालले पेश गर्नुभएको बिधेयक सदस्य देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको थियो ।
ऐन र नियमावलीको आधारमा सेवा प्रवाह, योजना तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सहज हुने उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । गाउँसभाको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले सहजिकरण गर्नुभएको थियो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…