नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

काठमाण्डौं ,विहिबार मंसिर ५ गते ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन्।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । थाहाखबर

सम्बन्धित समाचार

thumbnail

अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन भदौमा

म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका संयोजक दर्पण रोका मगरको अध्यक्षतामा…

thumbnail

विवादित राज्यमन्त्री विमलालाई राजीनामाको दबाब

दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…

thumbnail

मंसिरभित्रै सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न…