प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठनः को हटे,कोको बने मन्त्री

काठमाडौं ,बुधबार मंसिर ४ गते। विहिबार गर्ने भनिएको मन्त्रीपरिषद पुनर्गठन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सांँझ नै मन्त्री नियुक्ती गर्नुभएको छ । उहाँले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गर्नुभएको छ । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाउनुभएको छ । बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गर्नुभयो । बिहीबार विहान सपथग्रहण राखिएको बताएपनि उहाँले हटाइएका र नयाँ नियुक्त भएका मन्त्रीहरूबारे बताउन चाहनुभएन ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो

नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिनुभएको छ। कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्नुहुने भएको छ भने उपेन्द्र यादव कानुनमन्त्री हुँनुहुनेछ।

यादव हाल भारत भ्रमणमा हुनुहुन्छ । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

रघुवीर र लालबाबुको मन्त्री पद खोसियो

स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै कृषीमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृष्णराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।

मोती दुगडको इन्ट्री

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको छ । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका हुनुभएको छ ।

स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुनुहुने छ भने हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्म्ेवारी दिइनेछ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ । भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । यस्तै विमला राईलाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।

सम्बन्धित समाचार

thumbnail

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…

thumbnail

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…

thumbnail

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र : ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…