बेनीमा जुवाडे प्रक्राउ (नामावली सहित )

म्याग्दी ,सोमबार मंसिर ९ गते । म्याग्दी सदरमुकाम बेनी बजारबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटेको टोलीले आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै गरेको समयमा दुई महिला र १० जना पुरुषलाई नियन्त्रणमा लिईएको थियो ।

पक्राउ पर्नेहरुमा बेनपा ८ बस्ने मुकुन छन्त्याल ,ओम छन्त्याल ,बेनपा–७ की शुसिला भट्टचन, धवलागिरी गाउँपालिका–३ की होमसरा बुढा, फडेन्द्र बुढा, पूर्णबहादुर भण्डारी, बेनपा–७ का डम्मर बहादुर बानियाँ, बेनपा–१० का पृथ्वीलाल रोका, बेनपा–८ का गेमबहादुर छन्त्याल, धवलागिरी गाउँपालिका–७ का तुलबहादुर गुरुङ, बेनपा–९ का पदम छन्त्याल, मालिका गाउँपालिका–५ का भव घर्ति रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमै राखेर आबश्यक अनुसंधान गरिरहेको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । जुवा खेल्दै गरेको अबस्थामा पक्राउ परेका उनीहरुको साथबाट भने न्युन नगद बरामद भएको प्रहरीको दावि छ ।

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

कदमको अध्यक्षमा पौडेल

बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।…

thumbnail

धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान

म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १०…