बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन

बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए ।

भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेका हुन् ।

लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि भएकाले भारतले तत्काल नक्सा नसच्चाए नेपाल सरकारले कडा कदम चाल्नुपर्ने उनीहरुले बताएका छन्। साथै उनीहरुले आफूहरु विश्वको जुनसुकै कुनामा रहेपनि भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएका छन् ।

विरोध प्रदर्शनपछि आयोजित कोणमा सभामा बोल्दै नेकपाका नेता जित लामाले भारतीय थिचोमिचोको विरोधमा आफूहरु मात्र हैन सम्पूर्ण बेल्जियममा रहेका नेपालीहरुले कुनै दल, संघसंस्था, समुदाय नभनी केवल नेपालीको रुपमा प्रतिबादमा उभिएका बताए । दुई घण्टासम्म चलेको बिरोध प्रदर्शनमा करिब दुई सय नेपालीहरुको उपस्थिति थियो । नागरिक खबर

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…