भारतको नयाँ नक्सामा नेपालको कालापानी–लिपुलेक !

काठमाण्डौ,मंगलबार कात्तिक १९ गते ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो।

भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो। भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ। पाकिस्तान प्रशासित कश्मीर ९पीओके० पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ। यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ। नापी विभागमा महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउँदै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए। उनले भारतले नक्सामा पुरानै विषयलाई दोहोह्याएको बताए । सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ। नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ।

महानिर्देशक जोशीले नेपालको आधिकारी नक्सामा लिपुलेक, कालपानी र सुस्ता समेटिएको बताए। ‘हाम्रो नक्सामा देखाउनु पर्ने कुरा छोडेका छैनौं,’ उनले भने,‘ उस ९भारत०ले पुरानै कुरालाई दोह्याएको छ। (अन्नपुर्ण पोस्ट डट कमबाट)

सम्बन्धित समाचार

thumbnail

बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा…

thumbnail

गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको…

thumbnail

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो…