राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं,सोमबार कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् ।

सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले दिएको सुझावको आधारमा प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नियुक्त हुनेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको थियो । सातै प्रदेशका प्रदेश प्रमुख एकाएक बिनाकारण पदमुक्त गरिएपछि चौतर्फी सरकारको आलोचनासमेत भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

प्रेस चौतारी म्याग्दीद्वारा स्व.मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रिया

बेनी।‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै…