राष्ट्रिय समाचार स्थानीय

निर्माण सामग्रीको मूल्य निरन्तर ओरालोमा

काठमाडौं ,शनिबार पुस ५ गते । तपाईंसँग जग्गा छ र घर बनाउने सोचमा हुनुहन्छ भने ढिला नगर्नुस् । किनभने अहिले घर निर्माणका लागि चाहिने आवश्यक कच्चा पदार्थको मूल्य न्यून विन्दुमा आइपुगेको छ । घर बनाउनका लागि आवश्यक महत्वपूर्ण सामग्री मध्ये सिमेन्ट र रडको मूल्य निरन्तर घटेको छ । यसको फाइदा लिन उपभोक्ताले अहिले घर बनाउनु सबैभन्दा उपयुक्त समय हो ।

गतवर्ष यही अवधिमा ९ सय रुपैयाँ प्रतिबोरा पर्ने ओपीसी सिमेन्टको मूल्य अहिले ७ सय तल झरिसकेको छ । त्यसैगरी, गतवर्ष यहि अवधिमा ८५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको रडको मूल्य अहिले ६०र६२ रुपैयाँमा पाइन्छ । घर बनाउँदा सबैभन्दा धेरै सिमेन्ट र रड आवश्यक हुन्छ । अधिकांश पैसा पनि सिमेन्ट र रड किन्दा नै खर्च हुन्छ ।

गत वर्षको तुलनामा सिमेन्ट प्रतिबोरामा तीन सय देखि साढे तीन सयसम्म कम र रडमा प्रतिकेजी २० देखि २५ रुपैयाँ सस्तो हुुनु भनेको घर बनाउँदा धेरै पैसा बचत हुनु हो । यदि आफूसँग जग्गा छ भने अहिले घर बनाउदा ठूलो रकम जोगाउन सकिन्छ । बजारमा सिमेन्ट र रडको उत्पादन माग भन्दा बढी भएकै कारण मूल्य निरन्तर ओरालो लागेको छ ।

एकातिर नयाँ नयाँ सिमेन्ट र तथा रड उद्योग खुल्नेक्रम बढिरहेका छन् भने अर्कोतिर बजारमा सिमेन्ट र रडको मूल्य घटिरहेको छ । यस्तो अवस्थामा घर बनाउने सोच राखेका ग्राहकलाई अत्यधिक फाइदा हुने देखिन्छ । बैङकहरुले पनि घर बनाउनका लागि होम लोनका नयाँ नयाँ स्किमहरु सार्वजनिक गरिरहेका छन् ।

राष्ट्र बैङकले पहिलो पटक घर बनाउन वा किन्नका लागि बैङकबाट ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यस्तै विभिन्न बैङकले होम लोनका लागि अफरहरु सार्वजनिक गरेका छन् । नेपाल बैङकले ११।३४, एनएमबीको १०।४, लक्ष्मीको १२।६, प्रभुको ११।७५ प्रतिशतमा होमलोन दिइरहेका छन् । यी बैंकहरुले ग्राहकको आवश्यकता अनुसार ३५ बर्षसम्म किस्ताबन्दी सुबिधा पनि उपलब्ध गराएको छ ।

पूर्वाधार निर्माणमा सुस्तता र पुँजीगत खर्च नभएको कारण त्यसको प्रत्यक्ष असर सिमेन्ट तथा स्टिल उद्योगमाथि परेको छ । केही वर्ष अघिसम्म निर्माण कार्यले गति लिएका बेला सिमेन्टको मूल्य आकाशिएको थियो । अहिले सिमेन्टको माग कम भएकाले सस्तो मूल्यमा सिमेन्ट उत्पादन गरेर बजारमा पठाइरहेका छन् । यस्तो अवस्था सधै नरहन पनि सक्छ । विकास निर्माण गति लिने वित्तिकै र पुँजीगत खर्च बढाउने वित्तिकै सिमेन्ट तथा रडको माग र मूल्य दुवै बढ्न सक्छ ।

त्यसैले घर बनाउने ग्राहकले अहिलेको स्वर्णीम अवसरलाई गुमाउनु हुँदैन । इन्डष्ट्रिमा नयाँ नयाँ प्लेयर भित्रिएको र मूल्यमा चर्को प्रतिस्पर्धा भएको हो । खासगरी होङ्सी सिमेन्टको प्रवेशपछि सिमेन्ट तथा क्लिङ्करको मूल्यमा भारी गिरावट आएको हो । त्यही गिरावटलाई उपभोक्ताले फाइदा लिन सक्नुपर्छ । उद्योगीका लागि अहिलेकाँही खुला बजार अर्थतन्त्र निर्मम पनि हुन्छ । अहिले सिमेन्ट र रड उद्योगीका लागि भने खुला बजार निर्मम नै सावित भएको छ भने त्यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई पुग्छ ।

कुनै समय प्रतिटन क्लिङकरको मूल्य १२ हजार रुपैयाँसम्म थियो । त्यही बेला सिमेन्टको मूल्य पनि ९ सय देखि ११ सयसम्म उपभोक्ता मूल्य तय भएको थियो । अहिले झण्डै झण्डै आधा मूल्य घटिसकेको छ ।क्यापिटल नेपाल

सम्बन्धित समाचार

thumbnail

नेपाली काँग्रेस म्याग्दीद्वारा शुभकामना

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । म्याग्दी काँग्रेसका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त…

thumbnail

मोबाइलबाट गलत सन्देश प्रवाह गरे प्राधिकरणले कारवाही गर्ने

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन…

thumbnail

बारामा गोली चल्दा एक जना घाइते

बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।…

Write a Reply or Comment