म्याग्दी राष्ट्रिय समाचार साहित्य

नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन

बेनी ,शनिबार मंसिर २१ गते ।
नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीयस्तरमा स्थापना भएको नेपाल हाइकु केन्द्रलाई हरेक जिल्लामा विस्तार गर्ने क्रममा म्याग्दीमा शाखा विस्तार गरिएको हो ।

अध्यक्ष कार्की संगै उपाध्यक्ष शिव सस्मित,सचिव बादल शाही , कोषाध्यक्ष बबिता घर्तीमगर कार्यसमितिको सदस्यहरुमा विनय श्रेष्ठ ,तोपबहादुर कार्की र समीर रोका मगर चयन हुनुभएको छ । यसैगरी सल्लाकार समितिकोविशिष्ट सल्लाहकारमा केन्दीय अध्यक्ष रामकुमार पाँडे रहनुभएको नयाँ कार्यसमितिका उपाध्यक्ष सस्मितले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकारहरूमा ध्रुबलाल शर्मा,अजयमिलन श्रेष्ठ , कृष्णबहादुर बानियाँ,रामप्रसाद सुवेदी तथा डम्बरबहादुर बानियाँ चयन हुनुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

गलेश्वर मन्दिरको छाना पित्तलले छाइने

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ ।शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले…

thumbnail

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा ,पालिका र वडा थप्ने निर्णय (तस्बिर सहित)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार बेनीमा सम्पन्न जिल्ला सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका…

thumbnail

३९ औं मगर स्थापना दिवसमा बालगृहलाई खाद्यान्न सहयोग (तस्बिर सहित)

म्याग्दी । नेपाल मगर संघको स्थापना दिवसमा मगर संघ ,म्याग्दीले बेनी स्थित बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३९ औं स्थापना दिवस तथा एकता दिवसको…