अन्तराष्ट्रिय खेलकुद राष्ट्रिय

१३ औं सागमा भ्रष्टाचार भएको तरुण दलको आरोप(विज्ञप्ति सहित )

काठमाडौं ,बुधबार मंसिर २५ गते । १३ औँ दक्षिण एशियाली खेलकुद ९साग०मा भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग गरेको हो।

‘साग खेलकुदको टिकट बेच्ने जिम्मा (बिना टेण्डर)गरेको ईसेवाले टिकट विक्रि वितरणमा ठगी धन्दा सञ्चालन गरेको छ।’ तरुण दल अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा जित्ने खेलाडीलाई पुरानो साइकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद हो।’

त्यस्तै तरुण दलले सागमा स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिन माग गरेको छ।

यस्तो छ विज्ञप्ति

annapurnapost

सम्बन्धित समाचार

thumbnail

भारतमा कोरोना संक्रमित ६० लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ…

thumbnail

भारतका पूर्वमन्त्री सिंहको निधन

काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त…

thumbnail

भारतसँगको सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

काठमाडौं । नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा अवस्था बढाएपछि भारतले नेपाली सुरक्षाकर्मीको गतिविधिमा निगरानी थालेको छ ।नेपाली सुरक्षाकर्मी जताजता जान्छन्, उतै उतै भारतीय सुरक्षाकर्मी जान थालेपछि नेपालले थप सतर्कता अप्नाउन थालेको…

Write a Reply or Comment