पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो

पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो ।

बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकारी दिएका छन् ।


पहिलोपटक परीक्षणको रिपोर्ट भएकाले केन्द्रीय प्रयोगशालामा पनि परीक्षण गरेपछि औपचारिक घोषणा गरिने गण्डकी प्रदेशका एक मन्त्रीले बताए । ‘यहाँको ल्याबमा कोरोना रहेको पुष्टि भयो, तर केन्द्रीय प्रयोगशालाको परीक्षणको रिपोर्टपछि मात्र हामीले औपचारिक घोषणा गर्छौं’ ती मन्त्रीले भने । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार