चक्रबहादुर थापा
बेनी ,बुधबार जेठ १४ गते ।
नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्रशोधनको लागि नेपाल सरकारले नीति नियम पनि बनाएको छ, तर ती नीतिहरू अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि लगानीमैत्री नभएकाले ठूला–ठूला लगानीकर्ताहरु आकर्षित गर्न सकिरहेको अवस्था छैन ।
देशमा लगानीकर्ताहरुलाई आकर्षित गरि लगानी भित्र्याउन सक्दा देशले रोजगारीको अवसर मात्र वढाउंने होइन, यसले विकासको पूर्वाधार निर्माणमा टेवा दिन्छ, राजस्व बृद्धिमा योगदान दिनेछ र समग्र राष्ट्र निर्माणमा बल पु¥याउँछ । अन्तराष्ट्रिय लगानी आकर्षित गर्ने नारा मात्र दिएर अंकुशहरु मात्र थोपर्ने नियम र विनियमहरु, दफा र उपदफाहरुले गर्दा नेपालले आशातीत रूपमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नसकेको यथार्थलाई नकार्न सकिन्न ।
रोजगारले समग्र देशका बेरोजगार जनतालाई आय आर्जन गराई आत्मनिर्भर बनाउन मद्दत गर्दछ । त्यस्तै विविध कल कारखानाहरुबाट उत्पादित बस्तुहरू निर्यात हुन्छन,जसले राष्ट्रको आम्दानीको मात्रा बढ्छ र देशको विविध क्षेत्रको विकासमा टेवा पुग्छ । हङकङ र कोरिया लगायत मध्यपूर्वका विभिन्न देशहरू जस्तै अरब इमिरेट्,कतार लगायत विभिन्न देशले छोटो समयमा चरम विकासको फड़को मार्नुको कारण खुला ब्यापार नीति नै हो ।
यस्तो नीतिले गर्दा संसारका धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई उनीहरूको देशमा सहजै लगानी गर्न सक्ने वातावरण तयार भयो र स्वदेश तथा विदेशका लाखौं नागरिकहरूले रोजगारी पाए । त्यसले गर्दा देशको विकास पनि द्रूत गतिमा सम्पन्न भयो । आज हाम्रो देशका लाखौं बेरोजगार युवाहरु ती देशहरुमा आफ्नो अमूल्य श्रम लगानी गरेर ती देशहरुको विकासमा लागि परेका छन । नेपालमा परिस्थिति ठीक उल्टो छ ।
यहाँ लगानीको लागी बर्षेनी सम्मेलन सेमिनार गरिन्छ तर यहाँ नीति नियममा कड़ाई, प्रशाशनिक झन्झट, भ्रष्टाचार, घूसखोरी, राजनैतिक खिचातानी र अस्थिरताले गर्दा लगानीकर्ता निरुत्साहित भएको सर्बविधित नै छ । यस्ता विविध समस्याले गर्दा देशको प्रशस्त सम्भावना भएको कृषि, पशुपालन, जडिबूटि, खनिज पदार्थ, जलश्रोत, पर्यटनको अपार सम्भावना भएता पनि यस्ता क्षेत्रको समुचित विकास हुन सकेको छैन् ।
यसले गर्दा देशमा भएको अपार विकासको सम्पदा एबं सम्भावना त्यसै खेर गइरहेको छ भने अत्याधिक मात्रमा बेरोजÞगारीको सँख्या बढ़ेको छ । यथार्थमा देशको विकास गर्ने हो भने यी प्रचुर सम्भावनालाई खुलानीति मार्फÞत लगानी मैत्री वातावरण बनाउनु नितान्त आवश्यकता छ । जून खुला नीति राष्ट्रहितलाई सर्बोपरी राखी लगानीकर्ताको लगानी सुरक्षित र फÞाईदाजनक हुनूपर्ने नितान्त आवश्यक छ,न की यावत राजनैतिक खिचातानि, प्रसाशनिक झन्झट, भ्रष्टाचार, घूसखोरी आदिले लगानीकर्तालाई निरुत्साहित र देशको द्रूत विकासलाई धेरै पछाड़ी धकेलेको कुरामा दुई मत छैन ।
अन्तमा देशको सर्वाङ्गीण विकासको लागि लगानी (इण्वेस्ट्मेण्ट्)को आवश्यक छ । जसले रोजÞगारीको शृजना गर्दछ र बेरोजगार जनसमुदायलाई आआफनो जीवनस्तर उकास्न आत्मनिर्भर बनाउँछ । यसले राष्ट्रमा भएको सम्पदाको यथोचित प्रयोग हुन्छ । देश सवल र समवृद्ध बन्नमा यसले अहम भूमिका निभाऊँछ । तसर्थ, सम्पूर्ण सरोकारवालाहरूले देशको आवश्यकता अनुसार विभिन्न क्षेत्रमा लगानी मैत्री वातावरण सृजना गरेर बढी भन्दा बढी लगानी भित्र्याउनु नितान्त जरुरी रहेको कुरालाई मनन गरोस ।
(थापा म्याग्दी प्रवासी नेपाली संघ (मोना)का निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)