आइसोलेसनमै जन्मियो बच्चा

बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

तस्बिर : सामाजिक संजाल

उहाँका अनुसार अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गत ७ गते अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार