आर्थिक बेनि नगरपालिका मुख्य समाचार राष्ट्रिय

गलेश्वरको रामलक्ष्मण फर्निचरमा आगलागी ः सबै सामान जलेर नष्ट, लाखौको क्षती (तस्बिर)

अमित बिश्वकर्मा
बेनी ,मंगलबार असार १६ गते ।

म्याग्दीको बेनी नगरपालीका –९, गलेश्वरमा रहेको रामलक्ष्मण फर्निचरमा गयराती आगलागी भएको छ । मध्यरात साढे १२ बजे भएको उक्त आगलागीबाट रुद्र बहादुर खत्रीको फर्निचर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।आगलागी भएको स्थानीयले थाहा पाए पछि मध्यरातमा प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाए लगत्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रमुख प्रकाश माझी, प्रहरी नायब उपरिक्षक किरणजंग कुवर र नेपाली सेनाको टोली घटना स्थलमा पुगेको थियो ।

नेपाली सेना, प्रहरी, स्थानीयको निरन्तर प्रयास र बेनी नगरपालीकाको दमकलको सहयताले राती २ बजे तिर आगो नियन्त्रणमा लिइएको गलेश्वरका स्थानीय युवा तेजेन्द्र बानीयाँले जानकारी दिनुभयो । आगलागी भएकै बेला फर्निचर भित्र रहेको ग्याँस पनि ठुलो आवाज सहित पड्किएको थियो ।

आगलागीका कारण खुल्न नसकेको र क्षतिको एकिन बिबरण पनि आइ नसकेको प्रनाउ कुँवरले बताउनु भयो । ‘फनिर्चरमा रहेका मेसीनरी लगाएत काठका सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ, कुनै मानबीय क्षती भने भएको छैन प्रनाउ कुँवरले भन्नुभयो, घटनाको अनुसन्धान भइरहेकोले प्रहरी, फर्निचरका संचालक र स्थानीय बसेर छलफल गरि क्षतीको यथार्थ बिबरण लिनेछौँ । ’

फर्निचरमा बिभिन्न घरका अर्डरमा तयार पारिएका खापा, चौकोस, लोबेड, खाट, दराज, टेबुल लगाएतका सामानहरु जलेर नष्ट भएका छन । ३ दिन अगाडी मात्रै ३ ट्याक्टर नयाँ काठ झारीएको थियो त्यो पनि सबै जलेको छ । त्यहाँ जडान गरिएका मेसीनरी सामानलाइ पनि कामै नलाग्ने गरि क्षती पु¥याएको छ । आगलागीबाट फर्निचर जल्दा करिब ५० लाखको क्षती पुगेको संचालक रुद्र बहादुर खत्रीलाइ उद्धृत गर्दै स्थानीय युवा तेजेन्द्र बानीयाँले जानकारी दिनुभएको छ ।

तस्बिर : सौजन्य तेजेन्द्र बानियाँ

सम्बन्धित समाचार

thumbnail

मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने

म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट…

thumbnail

बाढी पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीद्वारा राहत संकलन

अमित विश्वकर्माबेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी र अनेरास्ववियूले सोमबार बेनीमा घरदैलो गरि १ लाख ४ हजार ३ सय ९५ रुपैयाँ सहयोग संकलन गरेको छ । गत बिहिबार राति देखी परेकोको…

thumbnail

बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग

बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका…

Write a Reply or Comment