नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो

काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिनुभयो । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ । पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहनु भएका स्याङ्जाको आँधिखोलाका गाउँपालिकाका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर थियो । उहाँको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहनु भएका महालक्ष्मी नगरपालिका ५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार