मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको आइतबारमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सम्बन्धित समाचार

thumbnail

कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो

सुरेन गरुङ्गपोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको…

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना…

thumbnail

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५…

Write a Reply or Comment