नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ११७५५ पुग्यो

काठमाण्डौं ,शुक्रबार असार १२ गते ।
नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार