मंगला गाउँपालिका मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी राष्ट्रिय समाचार

म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए

बेनी ,शनिबार असार ०६ गते ।
म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् ।

पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्रो पीसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई शनिबार विदाई गरिएको हो । कोरोना संक्रमित पहिलो र दोस्रो युवा भारतबाट आएका हुन् । जेठ ९ गते आएका पहिलो कोरोना संक्रमित पुनलाई जेठ १४ गते कोरोना पोजेटिभ देखाएको थियो भने जेठ १२ गते आएका दोस्रो संक्रमित नेपालीलाई २२ गते कोरोना पोजेटिभ देखाएको थियो ।

उनिहरुलाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्साल ,प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर ,बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल ,मेडिकल सुपरिटेण्डेण्ट डा.अमृत अधिकारी सहितको टोलीले विदाई गरेका हुन् ।

संक्रमित युवाहरुलाई बेनीको खुल्ला मञ्च स्थित आइसोलेसन कक्षमा राखिएको थियो । उच्च मनोबल बनाएकै कारण आफुहरुले कोरोना जित्न सफल भएको बताउनुभयाे । ‘सुरुमा कोरोना संक्रमण भएको थाहा पाउँदा गाह्रो भएको थियो । केही सोच्नै सकेको थिएन ,’ पहिलो कोरोना संक्रमित पुनले भन्नुभयो ,‘ स्वास्थ्यकर्र्मीको उपचार,सबैको हौसला र आफुले मनोबल उच्च बनाएकै कारण कोरोना जित्न सफल भएको हुँ ।’ कोरोना लाग्दैमा त्रसित हुनुनपर्ने दोस्रो कोरोना संक्रमित नेपालीले बताउनुभयो । कोरोना पोजेटिभ देखिएपनि उच्च मनोबल बनाएमा कोरोनालाई जित्न सहज हुने उहाँको अनुभव छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना…

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा…

thumbnail

बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी…

Write a Reply or Comment