मंगला गाउँपालिका मुख्य समाचार राष्ट्रिय समाचार स्थानीय स्वास्थ्य

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

बेनी ,आइतबार असार १४ गते ।
म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो ।

जाँच गर्दा महिलामा डेङ्गु संक्रमण देखिएपछि थप उपचारका लागि आइतबार पोखरा रिफर गरिएको सुचना अधिकारी सुवेदीले बताउनुभयो । उहाँका अनुसार ती महिलामा उच्च ज्वरो आउने , टाउको दुख्ने ,शरिर दुख्ने लगायतका लक्षण देखा परेको थियो । यस संगै बेनी अस्पतालका अनुसार यो सिजनमा मात्र डेङ्गु संक्रमितको संख्या १७ पुगेको छ । यस अघिका विरामी निको भएर घर फर्किएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना कहरका विच म्याग्दीमा डेङ्गु संक्रमित विरामीको संख्या बढ्ढै गएपछि म्याग्दीमा थप सतर्कता अपनाइएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुन्छ । गर्मी समय र बर्षायाम सुरु भएसंगै डेङ्गु संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ । म्याग्दी डेङ्गुको नेपालकै उच्च जोखिममा रहेको छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना…

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा…

thumbnail

बाबियाचौरका घरधनी खत्री दम्पत्तीद्धारा उन्नति लघुवित्त वित्तिय संस्थालाई असार महिनाको घरभाडा छुट

बेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको मंगला गाउँपालिका–२ ,बाबियाचौरका खत्री दम्पत्तीले उन्नती लघुवित्त वित्तिय संस्था लि। बाबियाचौर शाखालाई एक महिनाको घरभाडा छुट गर्नुभएको छ । घरधनी पदम बहादुर खत्री र आशा कुमारी…

Write a Reply or Comment