म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण

बेनी ,मंगलबार असार १६ गते ।
म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का २३ बर्षिय पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित दुई जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ । संक्रमित दुई जना विरामीमा अत्याधिक ज्वरो आउने , शरिर दुख्ने लगायत लक्षण देखा परेको थियो ।

योसंगै म्याग्दीमा स्क्रव टाइफस संक्रमितको संख्या ७ पुगेको छ । यस अघि बैशाख ९ गते जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा स्क्रव टाइफस र डेङ्गु संक्रमण देखिएको थियो । पुस १७ गते बेनी नगरपालिका–९ गलेश्वरकी ६६ बर्षिया बृद्धा र जेठ ०७ गते बेनी नगरपालिका–६ छापाकी १८ बर्र्षिया युवतीमा,जेठ १४ गते बेनी नगरपालिका–९ काउलेगौडाकी ४५ बर्षिया महिलामा स्क्रव टाइफस पोजेटिभ देखिएको थियो । भने जेठ १८ गते बेनी नगरपालिका –६,थकानपोखरीकी ५४ बर्षिया महिलामा स्क्रव टाइफस संगै डेङ्गु पोजेटिभ देखिएको थियो । थकानपोखरीकी ५४ बर्षिया महिलालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । भने अन्य उपचार पछि निको भएर घर फर्किएको सुचना अधिकारी सुवेदीले बताउनुभयो ।

स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने गर्दछ । यो रोग माइटमा पाइने Orentia Tsutsugamushi भन्ने जिवाणुबाट लाग्दछ । स्क्रफ टाइफस संक्रमित विरामीमा धेरै ज्वरो आउने ,धेरै टाउको दुख्ने ,पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ ।


माइट प्रायःजसो झाडी ,खेतबारी ,वन, जंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले कृषीको काम गर्दा विशेष ध्यान दिन र मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ । कोरोना कहरका विच म्याग्दीमा डेङ्गु र स्क्रव टाइफस संक्रमण फैलिदै गएपछि थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार