धवलागिरी गाउँपालिका बेनि नगरपालिका मुख्य समाचार राष्ट्रिय

म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

बेनी ,आइतबार असार १४ गते ।
म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–३की ३० बर्षिया र धवलागिरी गाउँपालिका– ६ की ४० बर्षिया गरी दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

तेस्रो मुलुकबाट आएका दुई महिला सदरमुकाम बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका थिए । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार उनिहरुलाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने तयारी रहेको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमतिको संख्या १६ पुगेको छ । आइतबार मात्र मयाग्दीमा तीन जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएका छन् ।म्याग्दीमा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित समाचार

thumbnail

मोना युकेले बाढी पहिरो पीडितका लागि तत्काल तीन लाख रुपैयाँ पठाउने

म्याग्दी । म्याग्दी समाज (मोना)युकेले जिल्लाका बाढी पहिरो पीडितका लागी तत्काल तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । म्याग्दी समाज (मोना) युकेले तत्काल बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन ERP कोषबाट…

thumbnail

प्रथम धौलागिरी युवा क्लबद्धारा कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको श्री प्रथम धौलागिरी युवा क्लबले सोही गाउँपालिका वडा नं ६ स्थित कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । विहिबार रातिदेखी परेको अविरल बर्षा पछि गएको पहिरोले…

thumbnail

पहिरोमा पुरिएर ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार

बेनी,आइतबार असार २८ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको सामुहिक दाहसंस्कार गरिएको छ । मराङका विभिन्न ठाउँमा गएको पहिरोमामा परेर ज्यान गुमाएका १९ जनाको आइतबार विभिन्न ठाउँमा सामुहिक दाहसंस्कार गरिएको…

Write a Reply or Comment