म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो

बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपालिका –१ का ३४ बर्षिय पुरुष ,कुवेतबाट आएका अन्नपुर्ण गाउँपािलका–६ का ३१ बर्षिय पुरुष ,मालिका गाउँपालिका–५ का २८ बर्षिय पुरुष ,साउदी अरब तथा दुबईबाट आएका सोही मालिका–१ का ३१ बर्षिय पुरुष र मंगला गाउँपालिका–२ का ३० बर्षिय पुरुष गरी ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । उनिहरुलाई थप उपचारका लागि बेनीको खुल्ला मञ्च स्थितको आसोलेशन कक्षमा लैजाने तयारी रहेको छ । यो संग म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ४० पुगेको छ । संक्रमित मध्य ५ महिला र ३५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म म्याग्दीमा
२० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार