कांग्रेस नेताद्धारा पहिरो पीडितलाई साढे सात लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग

बेनी । नेपाली कांग्रेस,म्याग्दीका यवा नेताहरुले निजि खर्चमा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताहरुले निजि खर्चमा साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका हुन् ।

जिल्ला कार्यसमितिका सदस्य एवम् युवा नेता केबी भण्डारी ,ओम छन्त्याल ,बेनी नगर सभापति अनोद श्रेष्ठ ,रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्याल ,समाजसेवी मन्द्रिरा श्रेष्ठ र नेपाल राष्ट्रिय मगर संघ ,म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले निजि लगानीमा एयर डाइनेष्ट्रिक हेलिकप्टरमार्फत गत असार २५ गते पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङ, वडा नं ७ ,धारापानी, मालिका गाउँपालिका–७ बिम र रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेमा विस्थापित परिवारका बालबालिका, महिला र बृद्धबृद्धाले प्रयोग गर्ने कपडा, चप्पल, गम्बुट, सुत्ने म्याटे«स लगायतका जिन्सी साम्रागी विस्थापित रहेको क्षेत्रमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

बाढीपहिरोबाट विस्थापित भएकालाई खाद्यान्न सामग्री प्रयाप्त भएपनि लत्ताकपडाको अभाव भएको खबर पाएपछि आफुहरुले निजि लगानीमा हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमै पु्गेर सामाग्री हस्तान्तरण गरिएको बेनपा–८ का वडा सदस्य समेत रहनुभएका पुनले बताउनुभयो । राहत सामाग्री स्थानीय वडाका जनप्रतिनिधि ,क्लब तथा आमा समुहको उपस्थितीमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पुनका अनुसार हेलिकप्टरको खर्च बाहेक उक्त रकम बराबरको साम्रागी वितरण गरिएको हो । जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित भएका परिवारलाई सो सहयोग गरिएको जिल्ला कार्यसमिति सदस्य एव्म युवा नेता केबी भण्डारीले बताउनुभयो ।

पहिरो पीडितहरुलाई आवश्यकताका आधारमा सहयोग गर्ने र थप सहयोग आवश्यकता परेमा समन्वय गर्ने समेत उहाँले बताउनुभएको छ । अर्का नेता ओम छन्त्यालले पहिरो पीडितलाई पार्टीसंगै आफुहरुले निजि खर्चमा पनि सो राहत सामाग्री सहयोग गरेको बताउनुहुँदै आगामी दिनमा समेत पीडितको आवश्यकता अनुसारको सहयोग जुटाउन निरन्तर पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार