अन्नपूर्ण गाउँपालिका मुख्य समाचार राष्ट्रिय समाचार स्थानीय

कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो

सुरेन गरुङ्ग
पोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

जिल्लाको मंगला गाउँपालिका –५का बेपत्ता पुनको शव बुधबार विहान साढे ९ बजेको समयमा अन्न्नपूर्ण गाउँपालिका– ६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


मृत अवस्थामा भेटिएका पुनलाई भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका थिए । सो टिप्पर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । माथीबाट खसेको पहिरोका कारण सांघुरो भएको सडकमा टिप्पर चलाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको कुल संख्या ४७ पुग्यो

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण…

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका  जिल्लाको मालिका गाउँपालिका -४ का ३४…

thumbnail

क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए

बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु…

Write a Reply or Comment