मुख्य समाचार समाचार

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपर सहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का अन्दाजी २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा वेपत्ता भएका डिएसपी किरण जङ्ग कुँवरले बताउनुभयो । उहाँका अनुसार सो टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरी अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार

thumbnail

बेनी –मालढुङ्गा सडक अवरुद्ध

साजन परियारपर्बत (वारि बेनि)। बुधबार बेलुकादेखी निरन्तर परेको अबिरल बर्षासंगै आएको बाढीका कारण कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ । बुधबार रातीदेखी परेको विरल बर्षाका कारण बेनी –मालढुङ्गा–पोखरा सडक खण्ड अन्तर्गत जलजला…

thumbnail

देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय…

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

Write a Reply or Comment