अन्नपूर्ण गाउँपालिका
घटना
मुख्य समाचार
राष्ट्रिय
समाचार
समाज
क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए
मंगलबार, साउन ६ गते
| म्याग्दी न्युज संवाददाता
बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
असार २० मा कुवेतबाट आएर बेनी स्थित म्याग्दी बहुमुखी क्वाम्पसको क्वारेन्टाईनमा बसेर घर जाने क्रममा पुुनको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरण जङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार पुनसंगै साथमा गएका अन्नपुर्ण–४, नारच्याङका २७ बर्षिय अनिल गर्वुजा घाईते भएका छन् । हिडिरहेको अवस्थामा पहिरोमा परेर घटना स्थलमै पुनको मृत्यु भएको प्रनाउ कुँवरले बताउनुभयो । पीसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
१४ दिन क्वारेन्टाइनको बसाई सकेर पुन गर्बुजा संगै सोमबार कालीगण्डकी नदीकोे उच्च वहाबले सडक कटान गरेपछि अन्नपुर्ण होटल भन्दा माथिको खच्चड हिड्ने पैदल मार्ग हुँदै घरतर्फ लागेका थिए । पुनका घरमा बाबा आमा ,दुई छोरा र श्रीमती रहेका अन्नपुर्ण–३का वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पुन कुवेतबाट दुई बर्षपछि मात्र नेपाल आएका हुन् ।
त्यसैगरी सोही गाउँपालिका–३ ,काभ्रे स्थित सोमबार भजेनी खोलामा आएको बाढीमा परेर बेपत्ता ६९ बर्षिय बलबहादुर गर्बुजाको ज्याकेट र पानी बुट भेटिएको वडा सदस्य पुनले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय
अन्नपूर्ण गाउँपालिका
मुख्य समाचार
म्याग्दी न्युज विशेष
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…
अन्नपूर्ण गाउँपालिका
आर्थिक
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको…
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८…
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति…
झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको…