थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार