मुख्य समाचार राष्ट्रिय समाचार समाज स्थानीय

पहिरोले पर्वतको धाइरिङमा २५ घर विस्थापित

पर्वत। पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।

धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताउनुभयो । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिनुभयो ।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्षति पु¥याएको छ । news24nepal.tvबाट साभार

सम्बन्धित समाचार

thumbnail

गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही

कास्की । गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ । लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो…

thumbnail

सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने…

thumbnail

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको…

Write a Reply or Comment