आर्थिक धवलागिरी गाउँपालिका मालिका गाउँपालिका म्याग्दी राजनिति राष्ट्रिय

पहिरो पिडितलाई नेपाली कांग्रेस म्याग्दीद्धारा दश लाख रुपैयाँ बढीको राहत सामग्री वितरण

बेनी । नेपाली कांग्रेस ,म्याग्दीले म्याग्दीका बाढी पहिरो पीडितलाई दश लाख रुपैयाँ बढी बराबरको राहत सामग्री सहयोग गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धवलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रुपैयाँको राहत सामग्री वितरण गरेको हो ।

नेपाली कांग्रेस , म्याग्दीले विपद् व्यवस्थापनका लागि राहत तथा उद्धार कोष स्थापना गरेको छ । जिल्लामा हुने पहिरो, बाढी, कटान, आगोलागी लगायत प्राकृतिक विपद्को अवस्थामा राहत तथा उद्धारमा सघाउन कोष स्थापना गरेको हो । मालिका, धवलागिरी र अन्नपूर्ण गाउपालिकाका पहिरो पिडितको सहयोग जुटाउने क्रममा आगामी दिनमा पनि निरन्तरता दिने गरि कोष स्थापना गरेको पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कोषको निर्देशिका तयार पार्न महासमिति सदस्य चिरञ्जिवी शर्माको नेतृत्वमा गठन भएको कार्यदलले न्युनतम २५ प्रतिशत कोषमा रहने गरि कोषको रकम विपद् ब्यवस्थापनमा परिचालन गर्न मिल्ने मस्यौदा तयार पारेको छ ।

त्यसैगरी म्याग्दी कांग्रेसले धवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई दश लाख रुपैयाँ बढी बराबरको राहत वितरण गरेको जनाएको छ । पाटी सभापति खमबहादुर गुर्वजा (खम्बीर)ले मराङ, कल्लेनी, कुम्री, राम्चे, विम, धारापानी, ताकम, लगायतको क्षेत्रमा नेपाली काग्रेस राहत तथा उद्धार कोषबाट सो सहयोग गरेको जानकारी दिनुभयो ।

स्थलगत रुपमा पुगेर मराङमा २ लाख ८१ हजार ७५० र कल्लेनीमा ८२ हजार ७०० रुपैया गरी ३ लाख ७० हजार राहत वितरण गरेको प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । मालिका गाउँपालिका विममा पहिरो प्रभावित परिवारलाई १ लाख ६९ हजार ७५० रुपैयाको राहत वितरण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै ताकम र धारापानीमा १३४ घर पहिरोको जोखिमयुक्त रहेको जानकारी गराउदै प्रवक्ता श्रेष्ठले ताकममा २ लाख ४३ हजार र धारापानीमा २ लाख ७५ हजारको राहत वितरण गरेको बताउनुभयो ।

नेपाली काग्रेसको राहत तथा उद्धार कोषको खातामा हालसम्म ८ लाख २१ हजार सहयोग जम्मा भएको सहसचिव भरत रकालले बताउनुभयो । सभापति गर्वुजाले नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई पहिरोबाट प्रभावित क्षेत्रमा आधारभूत आवश्यक जुटाउनमा तत्पर रहन आग्रह गरेको बताउनुभयो ।

उहाले जिल्लामा थन्किएको राहत बाढी पीडितहरुको क्षेत्रमा पुग्न नसक्नु सरकारको उदासीनता देखिएको बताउनुभयो । पहिरो प्रभावित क्षेत्रका बासीन्दालाई सुरक्षीत स्थानमा राख्न, सडक, पदमार्ग खानेपानी, औषधी, विजुली र आवासको ब्यवस्थामा सरकार लाग्नुपर्ने बताउदै आवश्यक सहयोगको लागि तत्पर रहेको सभापति गर्वुजाले प्रविद्धता जनाउनुभएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा आवश्यक सहयोग स्थानीयले नसक्ने बताउदै प्रदेश र संघ सरकारले विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको थियो । पहिरोले छियाछिया भएको बस्तीका बासीन्दालाई सुरक्षित बस्ने ब्यवस्था मिलाउनका लागि तत्काल एकीकृत बस्तीको योजना अघि लगेर पुर्वाधार निर्माणमा सरकार लाग्नुपर्ने काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले बताउनुभयो ।

सभापति गर्वुजा र संविधान सभा सदस्य रेशम बानियाँको नेतृत्वको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका गरेका थिए । कांग्रेसले हेलिकप्टर र खच्चडमार्फत राहत सामाग्री पु¥याएका थिए ।

सचिव क्याप्टेन मिनबहादुर काकीको संचालनमा भएको पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायतका नेताहरुको उपस्थित भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

thumbnail

संक्रमित अख्तियार प्रमुखसहितको टोली संसदीय समितिमा जोखिम

काठमाडौं ।समुदायस्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च पदाधिकारीसम्म पुगको छ । मंगलबार अख्तियारका प्रमुख आयुक्तसहित अन्य पदाधिकारीमा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । अख्तियारका कुन–कुन पदाधिकारीमा…

thumbnail

घुस लिएर काठमाडौं हिँडेका खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख समातिए

काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग…

Write a Reply or Comment