पहिरो पीडितका लागि मोना आइईसीद्धारा दोस्रो चरणको राहत सामग्री सहयोग

बेनी । अविरल बर्षा पछि बस्ती माथिबाट खसेको पहिरोमा परेर विस्थापित भएकालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)आइईसीको दोस्रो चरणको राहत तथा सहयोग वितरण सुरू गरेको छ ।
अविरल बर्षा पछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले ठुलो धनजनको क्षती पु¥याको छ ।

मानवीय क्षतीसँगै ठूलो संख्यामा स्थानीय विस्थापित भएपछि राहत तथा पुर्नवासको अभियानमा सक्रिय रहेको मोनाले जिल्ला प्रशासन कार्यालय,म्याग्दीसँग समन्वय गरी आइईसीका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष चक्रबहादुर थापा र मोना आइईसीका उपाध्यक्ष सुर्जे भट्टचनले आइतबार मंगला र मालिका गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

मंगला–५ अर्मनमा प्रभावितलाई २० थान पाल ,२० थान ब्लाङ्केट गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगर ,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम लगायतलाई हस्तान्तरण गरिएको थियो । मालिका–५ देबिस्थानमा २० थान पाल,२० थान ब्लाङ्केट, वडा नं ७ बिम तल्लो गाउँका लागि १० थान पाल ,१० थान ब्लाङ्केट र बाईनेफाँटमा १०÷१० थान पाल, ब्लाङ्केट र २० बोरा चामल गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गरिएको मोना आइईसीको सचिवालयले जनाएको छ ।

त्यसैगरी धवलागिरी गाउँपालिका–६ मराङमा ३०÷३० थान पाल, ब्लाङ्केट वितरण गर्ने कार्यक्रम रहेको मोना आइईसीको सचिवालयले जनाएको छ । मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पहिरोका कारण विस्थापीत भएका परिवारको पुनस्र्थापनाका लागि पुर्नवास निर्माण लगायतका लागि प्रवासमा रहेका म्याग्देलीले आर्थिक संकलनको अभियान थालिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार