पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर

अमित बिश्वकर्मा
बेनी ,आइतबार असार २८ गते ।

पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ताकममा पु¥याएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

सामान्य घाइतेहरुको उपचार तथा सुरक्षित स्थानमा सारिएकाहरुको स्वास्थ्य अवस्थालाइ मध्य नजर गर्दै सम्बन्धित ठाउँमा हेल्थ डेस्क स्थापना गरि कम्तीमा एक जना स्वास्थ्यकर्मी बस्ने ब्यवस्था गर्न लागिएको लम्सालको भनाइ छ । बेनीका युवा ब्यवसायी राजेश शाक्य र नारायण जिसीको निजी खर्चमा प्रभु एयरको हेलिकप्टर मार्फत औषधी लगिएको हो । शनिबार पहिरोले घाइते भएकाहरुको उद्दार गरेको प्रभु एयरले आइतबार पनि जटिल समस्या रहेकाहरुलाइ त्यस क्षेत्रबाट उद्दार गरेको छ ।

गाउँमा सुत्केरी हुन नसकेकी धवलागिरी गाउँपालीका –७ ताकमकी मनमाया बिश्वकर्मालाइ बेनी अस्पातल ल्याइएको छ । मराङको अर्बाङमा पहिरोका कारण कष्टकर जिबन बिताइरहेका चार बृद्धलाइ हेलिकप्टर मार्फत उद्दार गरि दरबाङ आफन्तकोमा ल्याइएको युवा ब्यबसायी नारायण जिसीले बताउनुभयो ।

बिभिन्न ब्यक्ति तथा संघ संस्थाले प्रदान गरेको आबश्यक राहतका सामाग्रीहरु पनि हेली मार्फत प्रभाबित क्षेत्रमा पु¥याएर बितरण गरिएको जिसीले बताउनुभएको छ । मौसमले साथ दिए सोमबार हेलीकप्टर मार्फत उद्दार र राहतको कार्यलाइ निरन्तरता दिने गरि अनुमति लिइएको युवा ब्यबसायी, सामाजिक अभियन्ता राजेश शाक्यले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार