पिपलबोट युवा क्लबद्वारा मृगौला रोगी घर्तीलाई आर्थिक सहयोग हस्तान्तरण

अमित बिश्वकर्मा, बेनी । बिशेष घर्ती बचाउँ अभियान संचालन गरिरहेको पिपलबोट युवा क्लब जलजला- ३ पर्बत बेनीले १ लाख ३० हजार ७ सय ५९ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । श्याम ए क्षेत्रीको नेतृत्वमा मकाउ ( SAR) मा कार्यरत नेपाली तथा मोना मकाउका पदाधिकारीबाट संकलन गरिएको ६१ हजार ६ सय रुपैयाँ सहित क्लबले घरदैलो गरि उठाएर सो रकम क्लबका अध्यक्ष नवीन जिसिले मृगौला रोगी घर्तिलाइ प्रदान गर्नुभएको हो । सहयोग संकलन अभियानमा म्याग्दीबाट वीर बहादुर बानियाँ, काठमाडौबाट बिकास केसी र सुनिल बस्नेतले सहयोग गरेको क्लबले जनाएको छ ।

सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाइ क्लबले धन्यवाद व्यक्त गरेको छ । घर्तीको उपचार सफल वनाउनका लागि क्लबले हरदम सहयोग गर्ने र अभियानलाइ पनि निरन्तरता दिने क्लब अध्यक्ष जिसिले बताउनुभयो । धवलागिरी गाउँपालिका -७ घर भै हाल जलजला -३ पर्बत बेनीमा बस्दै आउनुभएका २० बर्षिया विशेष घर्तीको मृगौला खराब भएकोले पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । घर्तिको उपचारमा सहयोग गर्न क्लबले देश तथा बिदेशमा रहेका सबैलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार