बाँके । प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा गएराति अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
file photo
उक्त ट्याक्टरमा चालकसहित ८ जना रहेको र एकजना भने हाम फालेर ज्यान जोगाउन सफल भएको उनले जानकारी गराए । मृत्यु हुने सबै ७ जना रोल्पाका रहेको भन्ने बुझिन आएको तर पहिचान खुलिनसकेको उनले बताए ।
स्वर्गद्वारीतर्फवाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना परेको हो । ट्याक्टर सडकबाट अन्दाजी ४–५ सय मिटर तल झरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
अहिले स्थानीय, नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको उनले बताए । नागरिकखबरबाट साभार
म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र…
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक…
काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…