घटना धवलागिरी गाउँपालिका मालिका गाउँपालिका रघुगंगा गाउँपालिका राष्ट्रिय

प्रदेश गृहमन्त्री चुमानद्वारा म्याग्दीका पहिरोस्थलको निरीक्षण

बेनी ,आरइतबार असार २८ गते ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”ले म्याग्दीको पहिरोस्थलको निरीक्षण गर्नुभएको छ ।बिहीबार राती परेको अविरल वर्षाका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ बिम लगायतका क्षेत्रमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ । पहिरोस्थलको निरीक्षणसँगै मन्त्री चुमानले पहिरोले पु¥याएको जनधनको क्षति र उद्दार कार्यबारे विस्तृत जानकारी समेत लिनुभएको छ ।

सो अवसरमा मन्त्री चुमानले पहिरो प्रभावितका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत सामग्री वितरण गर्नुभएको मन्त्री चुमानका स्वकीय सचिव रामहरि बजगाईंले जानकारी दिनुभयो । बजगाईंका अनुसार पहिरोपीडितका लागि मन्त्री चुमानले त्रिपाल, टेन्ट र खाद्यान्न वितरण गर्नुभएको हो । मन्त्री चुमान गण्डकी प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखसहित पहिरोस्थलमा पुग्नुभएको हो । पहिरोका कारण म्याग्दीमा २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । त्यसैगरी १२ घाइते भएका छन् । झण्डै १ हजार जना विस्थापित भएका छन् ।laphakhabar

सम्बन्धित समाचार

thumbnail

बालिका हत्या गर्ने १६ वर्षीय किशोर पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय…

thumbnail

कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती…

thumbnail

बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने ५५ वर्षीय सत्यनारायण पक्राउ

काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । भदौ…

Write a Reply or Comment