बेनी नगरपालिका
म्याग्दी
राष्ट्रिय
समाचार
समाज
स्थानीय
बाढीपहिरो प्रभावितलाई बेनी नगरपालिकाकाद्धारा १० लाख राहत वितरण
बिहिवार, साउन १५ गते
| म्याग्दी न्युज संवाददाता
बेनी । बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार रुपैयाँका दरले राहत वितरण गरिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका विभिन्न स्थानहरुमा गरेर २० घर पूर्ण क्षति, एकसय ६ घर उच्च जोखिममा,२३ परिवार विस्थापित र १९ घरमा बाढी र पहिरोका कारण आंशिक क्षति पुगेको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।
फाइल तस्विर
उहाँले दिएको जानकारी अनुसार वडा नम्बर १ अर्जममा ५ घर उच्च जोखिममा रहेका छन् । एक घर पहिरोका कारण विस्थापित बनेको छ । यसै गरी वडा नम्बर २ मा ४ घर पूर्ण क्षति,१० घर उच्च जोखिम र २ घरमा आशिंक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।वडा नम्बर ३ मा ११ घर उच्च जोखिम,३ घर पूर्ण क्षति र २ घरपरिवार बाढीपहिरोका कारण विस्थापित बनेका छन् । वडा नम्बर ४ का १८ घर उच्च जोखिममा परेका छन भने १ घरमा पूर्ण क्षति पुगेको छ । ५ नम्बर वडाका ११ घर उच्च जोखिम,१ घर पूर्ण र १ घरमा आशिंक क्षति पुगेको छ । त्यस्तै वडा नम्बर ६ मा ६ घर पूर्ण,१३ घर उच्च जोखिम र ११ घर आंशिक जोखीममा परेका छन् ।
७ नम्बर वडाको मंगलाघाट स्थित प्रहरी चौकीलाई म्याग्दी नदीको कटानका कारण पूर्ण क्षति पुगेको छ भने कुरिला खर्क पहिरोको उच्च जोखिम परेको छ । वडा नम्बर ८को खैरेनीमा १ घर पूर्ण क्षति र एकपाटेमा रहेका १३ घर उच्च जोखिममा रहेका छन् । यता ९ नम्बर वडामा ३ घर उच्च र १ घर आंशिक जोखिममा परेका छन् ।
नगरपालिकाको १० नम्बर वडा पात्लेखेतको बन्द्रेको पहिरोका कारण २० घर पूर्ण क्षति, २३ घर विस्थापीत, १०६ घर उच्च जोखिममा र १९ घरमा आंशिक क्षति पुगेको छ ।
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८…
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति…
झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको…