मालिका गाउँपालिका मुख्य समाचार समाचार

बिममा पहिरोमा परेर ९ जना बेपत्ता

बेनी ,शुक्रबार असार २६ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बिरबहादुर नेपाली ,बिष्णु नेपाली ,सन्देश नेपाली तथा एक तीन महिने बालिका समेत बेपत्ता भएका वडा अध्यक्ष सुविन जुग्जालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय ,युवा क्लब तथा वडाका जनप्रतिनिधि लगायतको टोली उद्धारमा खटेका छन् ।भिरालो तथा भिरालो जमिन भएकाले पहिरो गएको वडा अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा…

thumbnail

निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च…

thumbnail

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका  जिल्लाको मालिका गाउँपालिका -४ का ३४…

Write a Reply or Comment