मुख्य समाचार राष्ट्रिय शिक्षा समाचार

मध्यरात देखी लकडाउन हट्यो,बिद्यालय भदौ १ देखी खुल्ने

काठमाडौं ।सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निणर्य गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो ।

आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निणर्य भएको उहाँले बताउनुभयो । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो । सरकारले आज रातिबाट लक डाउन खुला गर्ने निणर्य गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निणर्य नभएसम्मका लागि बन्द नै रहने उहाँको भनाइ थियो ।

उहाँका अनुसार यद्यपी विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम,परीक्षा सञ्चालन भदौ १ गतेबाट गर्न सकिने निणर्य भएको छ । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निणर्य गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो  ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निणर्य गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उहाँले बताउनुभएको छ  । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र…

thumbnail

स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक…

thumbnail

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते

काठमाडौँ । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…