मृगौला रोगी घर्तिका लागि आर्थिक संकलन

अमित बिश्वकर्मा
पर्बत
बेनी, बुधवार असार १७ गते । म्याग्दी पिपलबोट युवा क्लब जलजला ३ पर्बत बेनिले विशेष घर्ती बचाउँ आर्थिक संकलन अभियान सुरु गरेको छ । मंगलबार क्लबका पदाधिकारीहरुले पर्बत बेनिमा घरदैलो गरि ४४ हजार ५ सय ५ रुपैयाँ संकलन गरेको क्लबका अध्यक्ष नवीन जिसिले बताउनु भयो । सो रकम क्लबका सल्लाहकार महेन्द्र खत्रीले मृगौला रोगी घर्तीका काका प्रेम बहादुर जिसिलाइ हस्तान्तरण गर्नु भएको थियो । रकम हस्तान्तरण गर्दै खत्रीले घर्तिको उपचारमा परिवारलाइ परेको समस्यालाई मध्यनजर गरि क्लबले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

म्याग्दीको धौलागिरी गाउँपालिका -७ घर भै हाल पर्बत बेनिमा परिवार सहित बस्दै आएका घर्तिको एउटा मृगौलामा समस्या देखिएको छ । २० बर्षिय घर्ती स्वास्थ्यमा समस्या उत्पन्न भएपछि परिक्षणका लागि बेनि अस्पतालमा पुग्नु भएको थियो । त्यहाँ १ हप्ताको उपचार पस्चात मृगौला खराब भएको भन्दै अस्पतालले पोखरा रिफर गरेको थियो । घर्तिको अहिले किड्नी लिबर एण्ड एलाइट हेल्थ केयर प्राली पोखरामा उपचार भैरहेको घर्तिको परिवारलले बताएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जिबिका चलाउँदै आएका घर्ती परिवारको आर्थिल अबस्था निकै कमजोर भएका कारण उपचारमा समस्या परेकोले विशेष घर्ती बचाउँ अभियान नै सुरु गर्नु परेको क्लब अध्यक्ष जिसिले बताउनु भयो । २० बर्षको कलिलो उमेरमा मृगौला रोगी बनेका घर्तीको जीवन बचाउनका लागि सुरु गरिएको आर्थिक संकलन अभियानमा सक्दो सहयोग गर्न क्लबले सबैलाइ अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार