मोना साइप्रसको अध्यक्षमा रोका मगर

म्याग्दी ,बुधबार असार २४ गते ।साइप्रसमा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) गठन गरिएको छ । लोकराज रोका मगर अध्यक्षतामा मोना साइप्रस गठन गरिएको हो । मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सह–कोषाध्यक्षमा बालकुमारी पुर्जा रहेका छन् ।

सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका र जानीमा वि.क छन् । निकोसियामा दुरपति पुर्जा, पाफोसमा गंगा घर्ति, लिमिमासोलमा नवराज कडेल, पारालिमिस्ओममा कुमार पुर्जा, लार्नाकासमा बिरेन्द्र बुढाथोकीलाई सम्पर्क व्यक्तिको संयोजकको जिम्मेवारी तोकिएको छ।

अध्यक्ष रोका मगरले संस्थाको निति तथा कार्यक्रम अनुसार साइप्रसमा रहेका म्याग्दीलीहरुलाई मोना आवद्ध बनाएर संस्थालाई बलियो रुपमा अघि बढाउने योजना रहेको बताउनुभयो । यता मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । प्रवासमा रहेका म्याग्दीलीहरुको हक हितका लागि स्थापित मोनाले जिल्लाको आर्थिक ,सामाजिक तथा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार