म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्रमित मध्य दुई जना आइतबार र बेनपा –४ का २५ बर्षिय पुरुष सोमबार उपचारका लागि अस्पताल आएका थिए ।

उहाँका अनुसार संक्रमित मध्य दुई जना डिस्चार्ज भएका छन् । भने बेनपा –४का २५ बर्षिय पुरुषलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । सुचना अधिकारी सुवेदीका अनुसार संक्रमित विरामीहरुमा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थियो ।

उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुन्छ । अस्पतालको रेकर्ड अनुसार हालसम्म डेङ्गु संक्रमितको संख्या २५ पुगेको छ । गर्मी समय र बर्षायाम सुरु भएसंगै डेङ्गु संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार