बेनि नगरपालिका राष्ट्रिय शिक्षा समाचार समाज स्थानीय

लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

अमित विश्वकर्मा

बेनी ,बुधबार असार २४ गते ।
नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय–३२५ बि १ को अक्षय कोषमा रहेको छ करोड रुपैयाँको ब्याजबाट प्राप्त रकम लायन्सले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । सामाजिक सेवामा समर्पित लायन्स क्लबले आफ्नो कोषको ब्याजबाट प्राप्त रकम जनकल्याण माबिको शौचालय मर्मतका लागि सहयोग गरिएको लायन्स अन्तर्राष्ट्रिय –३२५ बि १ का को–चिफ एड्भाइजर चन्द्र कुमार केसीले बताउनुभयो ।

विद्यालयको समस्या हेरि आर्थिक सहयोग उपलब्ध गराएकोमा प्रअ पौडेलले लायन्स क्लबलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रम को–चिफ एड्भाइजर केसिको प्रमुख आतिथ्यता, र स्पेसल सेक्रेटरिएट एड्भाइजर सन्तोष रावलको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )

म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो…

thumbnail

मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार…

thumbnail

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी  नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१…

Write a Reply or Comment