राजनिति राष्ट्रिय विचार समाचार

सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।

आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पार्टीको साधारण सदस्य निष्कासन गर्ने निर्णय गरेको एक पदाधिकारीले नागरिकखबरलाई जानकारी दिए ।पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । समाजवादीको बैठकले कार्यदलको सुझावका आधारमा दुवै पदबाट निष्काशन गरेको एक नेताले जानकारी दिए । nagarikkhabarबाट साभार

सम्बन्धित समाचार

thumbnail

युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३,…

thumbnail

नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाइयो

बेनी ।नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ,म्याग्दीको बेनीमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उद्घाटन…

thumbnail

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष…

Write a Reply or Comment