मुख्य समाचार राष्ट्रिय समाचार स्थानीय

सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)

सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

सभामुख बाह्रबिसेमा

सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जानुहुने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका छन् । रासस

सम्बन्धित समाचार

thumbnail

देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय…

thumbnail

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं ।स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको सेतोपाटीलाई जानकरी दिए। ुथप विवरण आउन बाँकी छु,…

thumbnail

वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

वीरगन्ज । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना…

Write a Reply or Comment