कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

युरोपमा रहेका दिदीबहिनीको सहयोगमा जिल्लाको पहिरो ,मृगौला रोगी लगायतलाई सहयोग गरीएको उहाँले बताउनुभयो । २० बर्षिया कलेजो पीडित दर्जीको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष ,पत्रकार ,गाउँपालिका अध्यक्ष थमसरा पुन मगर लगायतले व्यक्तीगत रुपमा आर्थिक सहयोग गरेका छन् ।

एकल महिला संघकी संस्थापक अध्यक्ष ,नेपाल महिला संघ,म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी गौचनले कलेजो रोगी दर्जीको घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग गर्न सबैलाई अपिल गनुभएको थियो । पैसा नपुगेपछि काठमाण्डौबाट अस्पतालले कलेजोको शल्यक्रिया गर्न नमानेको अनिताले टेलिफोन मार्फत बताउनुभयो ।

उहाँले भन्नुभयो –‘कलेजोमा समस्या देखा परेपछि काठमाण्डौको अस्पतालमा जचाँउदा अप्रेशन गर्नुपर्छ भनेका डाक्टरले मेरो आर्थिक समस्याका कारण उपचार गर्न मानेन् ,अहिले जिल्लाका विभिन्न संघसंस्था र व्यक्तीको सहयोगमा उपचारका लागि पोखरा जाँदै छु ।’ दर्जीका श्रीमान सुरेश नेपाली सामान्य मजदुरी गर्दै आउनुभएको छ । दर्जीकी एक छोरी हुनुहुन्छ । विहिबार सो रकम हस्तान्तरणमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार