आर्थिक बेनी नगरपालिका मुख्य समाचार राष्ट्रिय समाचार समाज

कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च

म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

कोरना भाईरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाद्धारा गरिएको खर्च सार्वजनिक कार्यक्रममा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले लकडाउनको कारण समस्या परेका गरिव, विपन्न र मजदुरलाई २९ लाख ४४ हजार ६१७ रुपैयाँ राहत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कोरना संक्रमितको उपचारका लागि १० सैयाको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधी उपकरण खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैयाँ, क्वारेन्टाइनमा खाना खर्च १३ लाख ५८ हजार ७९८ रुपैया, उद्धारको लागि यातायात खर्चमा ३ लाख ५ हजार ३४९ रुपैयाँ र स्वयमसेवक खर्चमा २ लाख ७१ हजार ६०० रुपैया खर्च भएको बताउनुभयो ।

नगरपालिकामा नगरपालिकाद्धारा १ करोड, जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट ३७ लाख ३० हजार ३७३ रुपैया गरि कुल १ करोड ३७ लाख ३० हजार ३७३ रुपैया जम्मा भएको थियो । कोरना कोषमा ५५ लाख ९७ हजार २६१ रुपैयाँ बाकी रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

त्यस्तै कोरना रोकथाम र नियन्त्रणमा नगरबासीलाई सुसुचित गराउन नगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयमसेवकको रुपमा परिचालन गरिने मेयर हरिकुमार श्रेष्ठ बताउनुभयो । दुईग्रुपमा विभाजन गरेर शिक्षक तथा कर्मचारीलाई होल्डीङ सेन्टरमा परिचालन गरिने मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

कोरना नियन्त्रणमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद दिनुहुँदै मेयर श्रेष्ठले कोरना भाईरस सक्रंमणबाट बच्न र बचाउनमा सचेत रहन नगरबासीलाई आग्रह गरेका गर्नुभएको छ । सार्वजनिकरण कार्यक्रममा उपमेयर सञ्जु बरुवालसहित वडा अध्यक्ष र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

thumbnail

मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । धनबहादुर जुग्जालीले श्रीमति…

thumbnail

आयात कम हुँदा राजस्व संकलनमा गिरावट

कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण आर्थिक गतिविधि खुम्चिएसँगै आयातमा कमी आउँदा राजस्व संकलनमा समेत उलेख्य गिरावट आएको छ । कोराना भाइरसको संक्रमण फैलिँदै गएपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक…

thumbnail

एसिडपीडित ४ जनाले पाए रोजगारी

काठमाडौँ । एसिड आक्रमणका ३ जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन् भने आक्रमणबाट घाइते एक पुरुषलाई पनि महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ । कुमारी बैंकले एसिड पीडित दुईजना युवतीलाई…

Write a Reply or Comment