मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार संक्रमित ती व्यक्ती कुवेतबाट आएका थिए । बेनीको क्वारेन्टाइनमा बसेका ती ब्यक्ती संगै आएका चार जनाको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएपनि क्वारेन्टाइनमा संगै बसेका अर्को ब्यक्तीलाई कोरोना पोजेटिभ देखाएपछि उनको पुनःस्वाब संकलन गरी दोस्रो पीसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो ।

उस्तै नाम गरेका अर्का ब्यक्तीको स्वाब पनि एउटै समयमा संकलन गरी संगै पठाइएको थियो । उस्तै नाम गरेका ब्यक्तीको रिपोर्ट नेगेटिभ आएपछि आएपछि उनलाई १४ दिन होम क्वारेन्टाइन बस्ने शर्तमा घर पठाइएको स्वास्थ कार्यालय, म्याग्दीले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार घर पठाइएको दोस्रो दिनमा नेगेटिभ भनिएका ब्यक्तीको रिपोर्ट पोजेटिभ आएको थियो ।


‘पछि पोजेटिभ देखिएका ब्यक्तीको पहिलो कोरोना रिपोर्ट नेगेटिभ आएको तथा क्वारेन्टाइनमा रहेका अर्का व्यक्तीको पनि उस्तै नाम र एउटै समयमा संगै स्वाब संकलन गरी पठाइएकोले रिपोर्ट ढिलोछिटो हुँदा फरक पर्न गएको हो ,’–स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले भन्नुभयो ।

पोजेटिभ देखिएपछि उनलाई बेनीको आइसोलेशन कक्षमा राखिएको थियो भने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा उनी बसेको होटेल समेत सिल गरिएको थियो । साथै होटेल सञ्चालकको र घर जाने क्रममा उनको सम्पर्कमा आएका १५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । आइसोलेसनमा रहेका संक्रमित ब्यक्तीको अहिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनीसंगै ६ जनालाई शनिबार विदाई गरिने स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग

म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको…

thumbnail

धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत

म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा…

Write a Reply or Comment