गौस्वाराका युवा खड्काको संयोजनमा संकलीत रकम धौलागिरीका बाढी पीडितलाई सहयोग

बेनि । म्याग्दिको बेनि नगरपालिका २ गौंस्वारा लोक गायक हर्क खड्काको संयोजकत्वमा पहिरो प्रभावितका राहतका लागि रु १५ हजार आर्थिक सहयोग संकलन गरिएको छ । खड्का सहित गाउँका युवाहरु मिलेर गौँसरामा घरदैलो गरि संकलन गरिएको सो रकम आइतबार बेनिमा धौलागिरी गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा जम्मा हुने गरि उपाध्यक्ष रेशम छन्त्याल र योजना अधिकृत कृष्ण सुबेदिलाइ खड्काले हस्तान्तरण गर्नु भएको छ ।

गत असार २५ गते राति अविरल वर्षा सहित आएको बाढी र पहिरोले धौलागिरी गाउँपालिकाको मराङ, ताकम, धारापानी लगाएतका क्षेत्रमा अपुरणिय क्षति पुराएको थियो । पहिरोले घरपरिवार गुमाएका पीडितको राहतका लागि थोरै भयपनी सहयोग पुगोस भन्ने उदेश्यले युवाहरु मिलेर गाउँमा घरदैलो गरि आर्थिक संकलन गरेको खड्काले बताउनु भयो । सहयोग संकलन अभियानमा अस्ट्रेलियामा रहनु भएका अमृत सापकोटा र जापानमा रहनु भएका राज कुमार कार्किले पनि सहयोग गर्नु भएको थियो ।

सहयोग रकम बुझ्दै उपाध्यक्ष छन्त्यालले पहिरो प्रभावितका लागि गौंस्वाराका युवाहरुले गरेको सहयोग महत्त्वपूर्ण भएको बताउनु भयो । धौलागिरी गाउँपालिकाले पहिरो प्रभाबितहरुको राहत तथा पुनस्थापनाका लागि देश बिदेशमा सहयोग संकलन अभियान चलाइरहेको छ । अभियान अन्तर्गत स्वैच्छिक रुपमा विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग रकम प्राप्त भैरहेको अधिकृत सुबेदिले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार