देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १६ हजार ३ सय ५३ जना उपचारपछि घर फर्किएका छन् भने ७५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार