पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे ।

त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।रातोपाटी

सम्बन्धित समाचार

thumbnail

बारामा चट्याङ लागेर एकको मृत्यु

बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर(१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको…

thumbnail

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय

काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात…

thumbnail

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम…

Write a Reply or Comment