म्याग्दी रघुगंगा गाउँपालिका राष्ट्रिय समाचार समाज स्थानीय

पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् ।

जमिन भासिएका कारण दुई घर बस्न नमिल्ने भएको पीडित पृथीराजका छोरा अंकित पुनले जानकारी दिनुभयो । घर भित्र रहेका सामान भने छिमेकीको सहयोगमा बाहिर निकालिएको छ । उहाँका अनुसार विभिन्न ठाउँमा गएको पहिरो र जमिन भासिएका कारण आफुहरुको (दुई जनाको गरी ) दुई सय रोपनी जग्जामा लगाएको अन्नबाली नष्ट भएको छ ।

साउन ५ मा सोही गाउँका धनबहादुर पुनको घर पहिरोले पुरिएको थियो । पहिरोको कारण विस्थापीत पुनका परिवार अस्थाई टहरामा बस्दै आएका छन् । आफुहरुले कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

thumbnail

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल

बेनी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । बेनीको शिखर होटलमा सम्पन्न प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रा.लि.का…

thumbnail

बाढीले बगाएर घाइते रोकाको उपचारका लागि आर्थिक सहयोग

बेनी । खोलामा आएको बाढीले बगाएर घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका–६, दुखु बेशीका बाल्सिङ्ग रोका मगरको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय मितेरी युवा क्लबको नेतृत्वमा संकलन भएको ३१…

thumbnail

नेपाल मगर संघद्धारा म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

बेनी । नेपाल मगर संघ ,म्याग्दीले जिल्लालाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको छ । मगर संघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र…

Write a Reply or Comment